शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, २५ भदौ २०७५, ०५ : ५९
सोमबार, २५ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र २५ गते । सोमबार । ईश्वी सन् २०१८ सेप्टेम्बर १० तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र शुक्ल पक्ष । तिथि प्रतिपदा,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त द्वितिया । नक्षत्र पूर्वाफाल्गुनी ०३ घडी १६ पला,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त उत्तरफाल्गुनि । योग साध्य १९ घडि ३९ पला,दिउँसो ०१ बजेर ३८ मिनेट उप्रान्त शुभ । करण किंश्तुध्न,बिहान १० बजेर ३५ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त वालव । 

 

आनन्दादिमा ध्वज योग । चन्द्रराशि सिंह,मध्यान्ह १२ बजेर ४७ मिनेट उप्रान्त कन्या ।   गुँलाधर्म समाप्ति।

काठमाडौंमा सूर्योदय ५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०५ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुँने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम शुभारम्भ नगर्नुनै उचित हुनेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईलाई पछि छाड्नेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । व्यापार व्यावसायमा लगानि गरिहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चेटिने अधिक सम्भावना रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुँनाले जीवनमा सफल भएको महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जीवनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । रुपैया पैसाको कारोबारको लागि केहि समय पर्खनु राम्रो रहनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुँनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । साझपख खानपामा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । बोल्ला वा कुनै पनि निर्णय गर्दा ध्यान नदिए गलत अर्थ लाग्न सक्छ । 

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) शुभचिन्तकको सहयोगले चिताएको कामरु सम्पादन हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक स्थिति सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर तान्न सकिनेछ । बिहानको समयमा लामा दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिक भई आफ्ना मनका कुरा राख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा थोरै लगानि बाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट आर्थिक अवस्था उकास्न मद्दत पुग्नेछ । साझपख स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राज्य र लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहानको समयमा धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिर तिरको यात्रा गरि दिन कटाउँनु नै राम्रो रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सबल हुँने हुँदा उपलब्धिमुलक कामहरु गरेर दैनिकी जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनजस्तो नतिजा आउँने हुँदा मन प्रशन्न हुँनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट माया प्रेममा नजिक हुँने समय रहेको भएपनि भेटमा मनमुटाव नहोला भन्न सकिन्न । दिदिबहिनि सँग राय बाजिनेछ । व्यापार व्यावसायमा मन्दि आउँने भए पनि आकस्मिक धन प्राप्तिको योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुँनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलाशि जीवन व्यातित गर्न सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप