बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित

आइतबार, २४ भदौ २०७५, १९ : ३०
आइतबार, २४ भदौ २०७५

काठमाडौँ । द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

बौद्धस्थित हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा ६० जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), १२३ जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी, १२ जना एमबिए (एक्जीक्युटिभ) (लिड्स बेक्केट युनिभर्सिटी) विद्यार्थीहरु दीक्षित भए ।

यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्साएको कलेजले बताएको छ । कार्यक्रमका रुटल्याण्डले ‘परिवर्तन’ शब्दको वर्णन गरेका थिए । उनले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझन् आवश्यक रहेको बताएका थिए । 

नेपालका लागि राजदुत रिचार्ड मोरिसले २०२ वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरेका थिए । उनले अन्तराष्ट्रिय शिक्षाको महत्व दर्शाउँदै गरिबी निवारणमा आफ्नो शिक्षाको सही तवरले उपयोग गर्न बताए । उनले ‘ब्रिटिस कलेज’ले प्रदान गर्दै आइरहेको गुणस्तीय शिक्षाको तारिफ गरे ।

कार्यक्रममा ‘द ब्रिटिस कलेज’का  प्रिन्सिपल डा. जोन व्याटम्यानले पनि सम्बोधन गरेका थिए ।

‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कडेँलले कलेजको नयाँ योजना तथा दुवई र लण्डनमा गरिएको विस्तारबारे प्रष्ट पारेका थिए । उनले अन्तराष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गर्दै ‘अण्डरग्रयाजुएट’ विद्यार्थीहरुलाई स्नाकोत्तर लेभलको अध्ययन गर्न प्रोत्साहन गरेका थिए । 

नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले दीक्षित विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले कर्पोरेट बजारमा भोग्नु पर्ने चुनौतीहरुबारे चर्चा गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप