बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर ३२ वर्षीय दाहालको मृत्यु

आइतबार, २४ भदौ २०७५, १३ : ०५
आइतबार, २४ भदौ २०७५

भद्रपुर– माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप