शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको बच्चा जिद्दी छ ? यी पाँच तरिकाले सम्झाउँदा हुनेछैन समस्या

आइतबार, २४ भदौ २०७५, १३ : ०३
आइतबार, २४ भदौ २०७५

ओन्ली माई हेल्थ

परिवारका सदस्यलाई देखेर पनि नदेखेझैं गरी निस्कनु, कसैको मद्दत नगर्नु, कुराकानीमा असभ्य भाषाको प्रयोग गर्नु, दोस्रो व्यक्तिको असुविधाको ख्याल नगर्नु, आजकाल केही टिनएजर्समा यस्तै बानी देखिने गर्छ । यो देखेर तपाईंलाई पनि निकै नराम्रो लाग्ला तर केही उमेरपछि उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन मुश्किल छ । यदि तपाईं किन्डरगार्टेन जाने बच्चाको आमा हुनुहुन्छ र आफ्नो बच्चालाई भविष्यमा यस्ता बानीबाट बचाउन चाहुनुहन्छ भने उसको लालनपालनप्रति सचेत रहनुहोस् ता कि उसको व्यक्तित्वमा राम्रो संस्कारको विकास हुन सकोस् ।

घर हो पहिलो स्कूलः

साधारणतया दुई वा साढे दुई वर्षको उमेरमा बच्चाहरुले ठूलाको निर्देशन बुझ्न थाल्छन् । उनीहरुमा राम्रो बानी विकसित गर्नका लागि यही उमेरबाट अभिभावक सचेत हुनुपर्छ । भाइ बहिनी वा साथीसँगको कुटपिट, झै भगडालाई धेरैजसो अभिभावकले बाल सुलभ व्यवहार सम्झेर त्यसलाई नजरअन्दाज गरिदिन्छन् तर पछि उनीहरुलाई परिवर्तन गर्न निकै गाह्रो हुन्छ । यसबारे सर गंगाराम हस्पिटलकी क्लिनिकल साइकोलोजिस्ट डा. आरती आनन्द भन्छिन्, ‘यही यो उमेर हो जब बच्चालाई राम्रो बानी सिकाउन आवश्यक छ ।’

यदि तपाईंको घरमा एक बढी बच्चा छन् भने उनीहरुका लागि विभिन्न सामान ल्याउनुको साटो चकलेट वा वेफर्सको एउटा ठूलो प्याकेट लिएर आउनुहोस् । त्यसपछि जेठो छोरालाई प्याकेट सुम्पिँदै त्यो सबैलाई बाँड्न भन्नुहोस् । यसले उसमा शेयरिङका साथै जिम्मेवारीको भावना विकसित हुन्छ । यदि घरमा एउटा मात्र बच्चा छ भने उसलाई त्यो साथीहरुलाई बाँड्न सिकाउनुहोस् । उनीहरुको उमेरका बच्चासँग खेल्न दिनुहोस् । कहिले काँही अभिभावकले जानीजानी उनीहरुसँग केही कुरा माग्नुपर्छ ता कि उनीहरुमा शेयरिङको बानी बनिरहोस् ।

प्ले ग्राउन्डमा अनुशासनः

दैनिक बेलुका बच्चासँग पार्क वा कुनै सार्वजनिक स्थानमा जानुहोस् । यो उनीहरुको समाजिकरणका लागि निकै महत्वपूर्ण हुन्छ । त्यहाँ यदि तपाईंको बच्चाले कुनै साथीलाई धक्का दिन्छन् वा कुटपिट गर्छन् भने त्यसलाई इग्नोर नगर्नुहोस् । उनलाई प्रेमले सम्झाउनुहोस् कि यदि कसैले तिमीलाई पनि यस्तै गर्छ भने तिमीलाई कस्तो लाग्छ ? यसले बच्चामा इम्प्याथी अर्थात् दोस्रो व्यक्तिको समस्या बुझ्ने भावना विकसित हुनेछ ।

पार्कमा धेरैजसो बच्चाहरु पिङमा सबैभन्दा अघि बस्न लालायित हुन्छन् । यस्तोमा तपाईं उनीहरुलाई आफ्नो पालो कुर्न सिकाउनुहोस् । साथै बच्चालाई यो पनि बताउन आवश्यक छ कि सबैले खेल्नका लागि समान अवसर पाउनुपर्छ । यसरी खेल्दाखेल्दै तपाईं बच्चालाई अनुशासनको नियम पनि सिकाउनुहोस् ।

रिस व्यवस्थापन सिकाउनुहोस्ः

स–सानो कुरामा बच्चा रिसाउनु र जिद्दी गर्नु स्वभाविक हो । उनीहरुको यस्तो व्यवहारमा ओभर रियाक्ट गर्नुको साटो बिस्तारै सम्झाउनुहोस् – तिम्रो सबै कुरा मान्न सकिँदैन । धेरैपटक बच्चाहरु रिस उठ्दा तोडफोड वा कुटपिटजस्ता हिंस्रक व्यवहार गर्न थाल्छन् । यदि तपाईंको बच्चा रोएर चिच्याएर कुनै कुराका लागि जिद्दी गरिरहेको छ भने उसको कुनै पनि माग पूरा नगर्नुहोस् । उनीहरुको माग पूरा गरे रोएर चिच्याएर मागेको जुनसुकै कुरा आमा–बुवाले पूरा गरिदिन्छन् भन्ने गलत सन्देश उनीहरुमा पर्छ । यस्तो स्थितीमा उनीहरुलाई सबैभन्दा पहिला शान्त रहन आग्रह गर्नुहोस् । त्यसपछि जब उसले शालिनतापूर्वक तपाईं सामू कुनै माग राख्छन् भने मात्र सुन्नुहोस् ।

ठूलाको सम्मानः

बच्चाहरुको चकचकेपन र मिठा कुरा सबैलाई राम्रो लाग्छ तर कहिलेकाँही उनीहरु कुराकानीको क्रममा अपशब्दको प्रयोग पनि गर्छन् । कुनै कुरामा रिसाएर ठूलामाथि अभद्र व्यवहार गर्छन् । धेरैजसो परिवारमा मानिसहरुलाई बच्चालाई यस्तो कुरा सम्झाउनुको साटो उनीहरुको यस्तो व्यवहारमा हाँस्ने गर्छन् । यस्तोमा उनीहरुलाई यस्तो लाग्छ कि उनीहरुको यस्तो व्यवहार मानिसहरुलाई राम्रो लाग्छ । त्यसकारण यदि तपाईंको बच्चाले यस्तो व्यवहा देखाउँछन् भने उनीहरुलाई रोक्न अत्यावश्यक छ ।

सिकाउनुहोस् विनम्रताको पाठः

परिवारका साथै वरिपरिका मानिसहरुप्रति पनि विनम्र व्यवहार अपनाउन सिकाउनुहोस् । उदाहरणका लागि घरेलु सहायक, ड्राइभर, सरसफाई गर्ने कर्मचारी वा सेक्युरिटी गार्ड । बच्चालाई सम्झाउनुहोस् कि यी सबै मानिसहरुले हाम्रो मद्दत गरिरहेका छन् त्यसकारण हामीले उनीहरुलाई माया र सम्मान गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप