शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एमालेको मत कांग्रेसको भन्दा १३ हजार बढी, नयाँशक्तिको मात्र ९२ मत (हेर्नुहोस्, कुन दलको कति मत)

बुधबार, ०४ साउन २०७४, २० : ५७
बुधबार, ०४ साउन २०७४

गुल्मी– पाँच नम्वर प्रदेश अन्तरगत गुल्मीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमाले १३ हजार भन्दा बढि मतले अगाडि रहेको तथ्य वाहिर आएको छ ।  प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वाजनिक गरेको तथ्याङकबाट यस्तो तथ्य बाहिर आएको हो । 

धेरै स्थानमा जनमोर्चासँग तालमेल गरेको एमालेले उक्त पार्टीकोसहित ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै, १२  स्थानीय तह मध्ये ५ स्थानमा मात्र माओवादी केन्द्रसँग तालमेल गरेको काँग्रेसले सो पार्टीको मतसहित ३७.९४ प्रतिशत मत प्राप्त गरेको छ ।
 
माओवादी केन्द्रले धेरै स्थानमा रुख चिन्हबाट उमेदवारी दिएकोले उसको मत प्रतिशत एकदम कम प्राप्त गरेको देखिएको छ । उसले जम्मा १२.०७ प्रतिशत मत प्राप्त गरेको छ । जुन मत पालिका प्रमुख उमेदवारको मात्रै हो ।

 जिल्लाका कुल १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेकोमा १ लाख २६ हजार ३ सय ७४ मत  अर्थात ६९.९१ प्रतिशत खसेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मसारीनीले जानकारी दिए । खसेका कुल मत मध्ये ५ हजार ७ सय ८७ मत वदर भएको थियो । सदर मत मध्ये केही स्थानमा जनमोर्चासहित नेकपा एमालेले जिल्लाभर ५८ हजार ८ सय १७ मत प्राप्त गरेको छ ।

 केहि स्थानमा माओवादी केन्द्रसहित कांग्रेसले  ३७ हजार ४५ हजार ७ सय ५६ मत प्राप्त गरेको छ । धेरै स्थानमा कांग्रेससँग रुख चिन्ह लिएर उमेदवारी दिएको माओवादी केन्द्रको मत संख्या भने निकै कम देखा परेको छ । उसले ५ स्थानीय तहमा कांग्रेससँग  तालमेल गरेकोले मत संख्याको महल शून्य छ ।
 

सात स्थानीय तहको  प्रमुख उमेदवारको मात्रै मत संख्या गणना भएको माओवादी केन्द्रले जम्मा १४ हजार ५ सय ४९ मत प्राप्त गरेको तथ्याङकमा उल्लेख छ ।  प्रमुख दुई दल एमाले र कांग्रेस मध्ये एमाले काग्रेस भन्दा १३ हजार ६१ मतले अगाडि देखिएको छ ।  जिल्लाभर ८ सय ८४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी चौंथो शक्तिका रुपमा उदाएको  छ । ३ सय ३८ मत ल्याएर राष्ट्रिय जनमोर्चा पाँचौ शक्तिका रुपमा  स्थापित भएको छ ।

नयाँ शक्ति नेपालले  जिल्लाभर ९२ मत ल्याएर छैठौ शक्ति र २२ मत ल्याएर अखण्ड नेपाली पार्टी सातौं शक्ति बनेको छ । बरु जिल्लाभरका स्वतन्त्र उमेदवारले १ सय २९ मत ल्याएका छन् । तर क्रियाशिल राजनैतिक दलका रुपमा स्थापित भएर विकासे कार्यक्रम बाँडफाँडमा दलिय सहमति खोज्दै टेवुल  बजार्ने नेपाल परिवार दल  र नेकपा मालेले एक मत सम्म ल्याउन सकेनन् ।

तहगत मत सख्या यस्तो छ

रेसुङ्गा नगरपालिका
२ नगरपालिका र १० गाउँपालिका मध्ये रेसुङ्गा नगरपालिकामा एमालेले ६ हजार ३ सय ८८ मत प्राप्त गरेको थियो । कांग्रेसले ६ हजार २ सय ४१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ४ सय ३५  मत  , जनमोर्चाले ६३ मत र अखण्डले २२ मत पाएको थियो । अरु शुन्य छन् । स्वतन्त्रले ५० मत प्राप्त गरेका छन् ।
मेयरका एक जना स्वतन्त्र उमेदवारले आफुले आफैलाई भोट नदिएर मत सख्याको महल शुन्य  पारेका छन् ।  १८ हजार ३ सय ४१ मतदाता रहेको यस नगरपालिकामा कुल  १३ हजार ५ सय ४३ मत खसेको थियो । जस मध्ये ३ सय ४४ मत बदर भएको थियो ।

मुसिकोट नगरपालिका
कुलमतदाताः १९४८५
कुल खसेको मतः १३३९६
बदरः ३८९
एमालेको मत सख्याः ६६६८
कांग्रेसको मत शंख्याः ५५८७
माओवादी केन्द्रः ७१३
राप्रपाः ३९ मत
जनमोर्चा ः ७३ मत
अरु शुन्य

ईस्मा गाउँपालिका
कुल मतदाता संख्या १३८४०
खसेको कुल मत ः ९७३३
वदर मतः ५८४
एमालेको मत सख्या ः ५०५५
कांग्रेसको ः ४०००
माओवादी केन्द्रकोः शुन्य  (कांग्रेस संग तालमेल, प्रमुख पदको उमेदवारी फिर्ता गरेको )
राप्रपाः १४ मत
जनमोर्चा ः ७३ मत ्अरु शुन्य

कालिगण्डकी गाउँपालिका
मतदाता संख्या १२६३४
खसेको कुल मतः ८६२७
वदर मतः ५१६
काग्रेस , माओवादीः ४२९८
एमाले , जनमोर्चा ३७७०
राप्रपाः ४१
स्वतन्त्रः २ मत
अरु शुन्य

गुल्मी दरवार गाउँपालिका
कुल मतदाता सख्या १५३७०
खसेकोः १०९८३
बदरः २८१ ( अन्य स्थान भन्दा सवै भन्दा कम )
काग्रेसको प्राप्त मतः५५७५
एमालेकोः ४७५०
माओवादी केन्द्रको ः २४४
जनमोर्चाः १३३
अन्य सुन्य

चन्द्रकोट गाउँपालिका
कुल मतदाता संख्याः १३३९३
खसेको मतः१०९८३
वदरः ४२०
कांग्रेसः५५७५
एमालेः ४७५०
माओवादी केन्द्रः २२३८
नयाँशक्ति ः २१ मत
जनमोर्चाः ६९ मत
स्वतन्त्रः १ मत
 

छत्रकोट गाउँपालिका
कुल मतदाताः १५५११
खसेकोः ११२४७
बदरः५७१
एमाले, जमोर्चाःः५५५१
कांग्रेस, माओवादीः ५११४
नयाँशक्तिलः ११ मत
अरु शुन्य

धुर्कोट गाउँपालिका
मतदाता संख्याः १५६५०
खसेको मत ः११२४७
वदरः६७८
कांग्रेस माओवादीः ५११६
एमाले४७५३
राप्रपाः ६५
स्वतन्त्रः १ मत
अरु शुन्य
 
मदाने गाउँपालिका

मतदाता संख्याः१३२७८
खसेको मतः८९६५
वदरः ८२१ ( सवै स्थान भन्दा बढि )
एमालेः ४४२३
कांग्रेसः २९५७
माओवादी केन्द्रः ७२५ मत  
राप्रपाः ३९ मत  ््अरु शुन्य

मालिका गाउँपालिका
कुलमतदाताः १४१६४
खसेकोः १००३९
वदरः५०६
एमाले ४०४२
काग्रेसः३४४७
माओवादी केन्द्रः२०४०
नयाँशक्ति १४
अरु शुन्य

रुरु गाउँपालिका
मतदाता संख्या १३५४२
खसेकोः ९४३४
वदरः३७४
एमाले ५२२२
कांग्रेस माओवादी केन्द्रः३७६३
स्वतन्त्र ७५ मत

सत्यवती गाउँपालिका
मतदाता संख्याः १५५७१
खसेको? १०६३३े्
वदरः३०३
कांग्रेस माओवादी केन्द्रः ५१९७
एमाले  जनमोर्चा ५१३३
अरु शुन्य
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप