शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सयकडा दश’ले बढायो सहयोगी हात

आइतबार, २४ भदौ २०७५, ११ : ४९
आइतबार, २४ भदौ २०७५

काठमाडौं – भ्रष्टाचारविरुद्धको सन्देश बोकेको फिल्म ‘सयकडा दश’  १८ माघबाट प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । 

ललितपुरको हात्तिवनमा आयोजित समारोहमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री निर्माण युनिटले बितरण गर्यो । 

‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।’

रंगमंच अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘फिल्मको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’ ्

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट व्याख्या गरे । ‘
 
रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप