शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षका चर्चित अमेरिकी र्‍यापरले किन गरे आत्महत्या ?

आइतबार, २४ भदौ २०७५, ०८ : ३३
आइतबार, २४ भदौ २०७५

बीबीसी

चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नो घरमा मृत भेटिएका छन् ।

२६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइन्छ ।

उनले पहिले पनि ड्रगको खतरनाक मात्रा लिने गरेको स्विकारेका थिए । हालै उनको एक एल्बम रिलिज भएको थियो र यसका लागि उनी टूर पनि थिए ।

म्याक मिलर सन् २०११ मा एक एल्बमपछि निकै लोकप्रिय भएका थिए ।

यस वर्षको सुरुवातमा मिलरकी प्रेमिका एवं गायिका अरियाना ग्रान्देसँग ब्रेकअप भएको थियो ।

म्याक र अरियानाको भेट सन् २०१२ मा भएको थियो । दुबैले एक कन्सर्टमा सँगै गीत पनि गाएका थिए ।

गत मे मा मिलरविरुद्ध मुद्धा पनि दर्ता भएको थियो । उनीमाथि लागुऔषधको नशामा गाडी चलाएको र हिट एण्ड रनको आरोप थियो ।

म्याकका प्रशंसकले अरियानालाई पक्राउका लागि जिम्मेवार देखाएका थिए ।  त्यसपछि अरियानाले सार्वजनिक रुपमा आफ्नो ‘टक्सिक रिलेशन’ समाप्त भएको जानकारी दिएकी थिइन् ।

उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘म बच्चा सम्हाल्ने कुनै कामदार वा आमा होइन र कुनै पनि महिला यस्तो हुनुपर्ने आवश्यक पनि छैन । उनले आफ्नो नशा त्याग्लान् भन्ने आशमा मैले यतिका वर्ष बिताएँ, तर उनले कहिले पनि यसो गरेनन् । ’

मिलरले आफ्नो करियरको सुरुवात निकै चाँडै गरेका थिए । पेन्सिल्वेनियामा जन्मेका मिलरको बाल्यकालदेखि नै संगीतप्रति झुकाव थियो । उनले १५ वर्षको उमेरमा आफ्नो पहिलो र्‍याप बनाएका थिए ।

लोकप्रिय भएपछि उनले सन् २०१३ मा एमटिभीको एक रियालिटी सिरिजमा भाग लिएका थिए । त्यसपछि उनी लस एन्जिल्स गए जहाँ उनले निकै चर्चित कलाकारसँग मिलेर एल्बम निकाले ।

थुप्रै कलाकारले म्याकलाई श्रद्धाञ्जली दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप