चीनसँगको सहमतिले तेस्रो मुलुकसँग जोड्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालले तेस्रो मुलुकसँग जोडिन चाहे जति नाका एवं आवश्यक सडक प्रयोग गर्न पाउने भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उक्त सहमति नेपालका लागि असाधारण खुशीको विषय भएको उल्लेख गरेका हुन् । सहमतिले नेपालको भारतसँगको मात्र व्यापारिक निर्भरतालाई खुल्ला गरेको छ ।
दुई देशबीचको अधिकारीहरुको वार्तामा यही भदौ २१ गते उक्त प्रोटोकलमा सहमति भएको थियो । सहमपतिपछि चीनसँग जोडिएका थप नाका खुल्नेछन् ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालको औपचारिक चीन भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।
नेपाल र चीनबीच पारवहन प्रोटोकलमा सहमति भएको छ । अब नेपालले तेस्रो मुलुकसँग जोडिन चाहिने जति नाका, चाहिने जति सडक प्रयोग गर्न पाउनेछ । हाम्रा लागि यो असाधारण खुसीको कुरा हो ।
— K P Sharma Oli (@kpsharmaoli) September 8, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि