चीनसँगको सहमतिले तेस्रो मुलुकसँग जोड्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालले तेस्रो मुलुकसँग जोडिन चाहे जति नाका एवं आवश्यक सडक प्रयोग गर्न पाउने भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उक्त सहमति नेपालका लागि असाधारण खुशीको विषय भएको उल्लेख गरेका हुन् । सहमतिले नेपालको भारतसँगको मात्र व्यापारिक निर्भरतालाई खुल्ला गरेको छ ।
दुई देशबीचको अधिकारीहरुको वार्तामा यही भदौ २१ गते उक्त प्रोटोकलमा सहमति भएको थियो । सहमपतिपछि चीनसँग जोडिएका थप नाका खुल्नेछन् ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालको औपचारिक चीन भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।
नेपाल र चीनबीच पारवहन प्रोटोकलमा सहमति भएको छ । अब नेपालले तेस्रो मुलुकसँग जोडिन चाहिने जति नाका, चाहिने जति सडक प्रयोग गर्न पाउनेछ । हाम्रा लागि यो असाधारण खुसीको कुरा हो ।
— K P Sharma Oli (@kpsharmaoli) September 8, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण