शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोशीको लोक देउडा ‘पोक पायाँ मोरको...’ बजारमा (भिडियो)

शनिबार, २३ भदौ २०७५, १७ : ५७
शनिबार, २३ भदौ २०७५

काठमाडौं– गायक उमाशंकर जोशीको स्वरमा सजिएको लोक देउडा गीत बजारमा आएको छ । ‘पोक पायाँ मोरको..’ बोलमा युट्युवमार्फत सार्वजनिक भएको गीतको शब्द संकलन राजेन्द्र शाह (बिपी)ले गरेका छन् ।

 खप्तड डिजिटल म्युजिक प्रा.लिको ब्यानरमा बजारमा आएको उक्त म्युजिक भिडियोमा तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी र रोजी कुँवरले अभिनय गरेका छन् । 

उमाशंकर जोशी र टिका पुनको संयुक्त स्वरमा बजारमा आएको लोक देउडा ‘पोक पायाँ मोरको..’ भिडियोको भीम थापाले निर्देशन गरेका हुन् । 

गीतमा सुदुरपश्चिम भेगमा बोलिने भाषालाई कलात्मक शैलीमा उतारिएको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप