शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको विकासका लागि विज्ञ समूहद्धारा काम थालनी

शनिबार, २३ भदौ २०७५, १४ : ४९
शनिबार, २३ भदौ २०७५

काठमाडौं–कर्णालीको समग्र विकासको लागि गुरुयोजना निर्माणमा सरकारलाई सहयोग गर्ने उद्धेश्यले गठन गरिएको विज्ञ समुहले आजदेखि काम शुरु गरेको छ । 

संयोजक जनार्दन शर्मा प्रभाकरको अध्यक्षतामा संघीय राजधानी काठमाण्डौंमा आज बसेको बैठकले कर्णालीको समग्र विकासको लागि गूरुयोजना बनाउने निर्णय गरेको छ ।

 कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, समाजिक विकास मन्त्री दल रावल र प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलियाको उपस्थितिमा बसेको विज्ञ समुहको वैठकले यस्तो निर्णय गरेको हो । 

वैठकमा विज्ञहरु डा.सुरेन्द्र उप्रेती, डा. पुण्य रेग्मी, डा. सुरेश तिवारी, वालानन्द पौडेल, सुरेन्द्रवहादुर शाह, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल, पुर्व महान्यायधिवक्ता मुक्ति प्रधान, गोविन्द प्रसाद शर्मा र डा.पदमवहादुर शाहीको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेश सरकारले अघिल्लो शनिवार गठन गरेको विज्ञ समुहको वैठकले समुहको कार्यविधि मस्यौदा तयार गर्ने, चालु आवको वजेट कार्यान्वयनको योजना निर्माण गर्ने, प्रदेश सरकारको लागि आवश्यक कानुन निर्माणको तयारी गर्ने र काठमाण्डौंमा सम्पर्क कार्यालय संचालन गर्ने लगायतका निर्णय गरेको संयोजक जनार्दन शर्मा प्रभाकरले जानकारी दिए । 

वैठकमा पुर्वगृहमन्त्री तथा समुहका संयोजक जनार्दन शर्मा प्रभाकरले कर्णालीको विकास मात्र होईन विकासको नेपाली मोडेल खडा गर्न चाहेको बताए । 

वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले प्राकृतिक श्रोत साधन उपयोग गरेर कर्णालीको तिव्र विकासका लागि सरकारलाई विज्ञको सहयोग आवश्यक रहेको भन्दै विज्ञ समुहले परिणाममुखी काम गर्ने अपेक्षा व्यक्त गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप