शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किवि खेतीबाट चीनले यसरी गर्दैछ गरिबी निवारण (फोटो/भिडियो)

शनिबार, २३ भदौ २०७५, १२ : ४८
शनिबार, २३ भदौ २०७५

सिचुवान –नेपालमा फाइभस्टार होटेलतिर बाहेक अन्यत्र खासै देखिन्न किवि फल । नेपालमा खासै फस्टाउन नसकेको किवि चीनमा भने गरिबी निवारण गर्ने भरपर्दो माध्यम बनेको छ । 

चीनको सिचुवान प्रान्तको मिनसान जिल्ला अहिले व्यवसायिक किवि खेतीका लागि प्रख्यात छ । जिल्लाभरि ठूला ठूला किवि फार्म र प्रशोधन केन्द्र रहेको छ । फार्मसम्म पुग्ने पक्की बाटोको व्यवस्था गरिएको छ । यहाँ सन् २००० देखि किवि खेती गर्न थालिएको थियो तर सबै मानिस यो पेशमा आवद्ध थिएनन् । 

उनीहरु मकै लगायतका अन्य अन्नबाली लगाँउथे । तर सन् २०१३ मा शक्तिशाली भूकम्प गएपछि यस क्षेत्रका जनता आर्थिक रुपमा कमजोर बने भने गरिबीको दर पनि बढ्यो । भूकम्पले गर्दा झन गरिब बन्न पुगेका जनताको आर्थिक अवस्था माथि उकास्नका लागि चीन सरकार र चीनको गरिवी निवारण कोषले व्यवसायिक किवि खेतीलाई अगाडि बढाउने योजना बनायो । 

व्यक्तिगत र सहकारी संस्थाको माध्यमबाट किवि खेती गर्ने, उत्पादन र प्रशोधन गरी ब्रान्ड बनाएर बजारमा पु¥याउने योजना अघि बढ्यो ।  चीन गरिबी निवारण कोषको सहयोग पछि बृहत रुपमा व्यवसायिक खेती अघि बढ्यो । किवि खेतीलाई मात्र अघि बढाइएन यसमा पर्यटन उद्योग पनि थपियो । अर्थात् कोषले कृषि पर्यटनको अवधारणालाई पनि अघि बढायो । चीनको गरिबी निवारण कोषले किविको बोटको प्रजनन् देखि फल बजारसम्म पु¥याउनेसम्म सबै काममा सहयोग गर्छ ।

विश्वबजारमा किटनाषक विषाधी प्रयोग गरेर कृषि उपज उत्पादन भइरहेको सन्र्दभमा कोषले आर्गानिक किवि खेतीलाई जोड दिएको छ । किटनाशक विषादी हाल्न रोक लगाइएको छ भने गुणस्तर कायम गरेर बजारसम्म पु-याउने व्यवस्था गरिएको छ ।

 यो जिल्लामा उत्पादन भएको किवि फल चीनभरि निर्यात हुन्छ । कूल क्षेत्रफलको २० प्रतिशत भूभागमा आर्थिक सहयोग गरेको छ । 

स्थानीय सहकारी समिति र व्यक्तिले गरेर यहाँ ३ सय ३३ हेक्टर जग्गामा किवि खेती गरिएको छ । किवि फल लगाएपछि प्रतिव्यक्ति आएमा २ हजार युयान बढेको स्थानीय बताए । किवि फल बिक्रीबाट फाइदा र अर्को सहकारी समितिबाट पनि आम्दानी हुन्छ । किविको प्रजनन्, उत्पादन, र बजार बिस्तार सहकारी मार्फत हुने गरेको छ । यहाँका अधिकांश जनता सहकारी समितिका सदस्य छन् । सहकारीबाट प्रत्येक सदस्यले प्रतिबर्ष २३ हजार चिनिया युयान समेत पाउने गरेका छन् । 

यहाँका कृषकहरु किवि खेती मात्र गर्दैनन्, इन्टरनेटबाट बजारको समेत खोजी गर्छन । पहिला गाँउलेहरुलाई इन्टरनेट के हो भन्ने थाहा थिएन । तर चीनको गरिबी निवारण कोषले इन्टरनेटमा आधारित भएर बिक्री गर्न सिकाएको चिनियाँ गरिबी निवारण कोषकी स्वंयसेवक च्यार्ली वाङ्ले बताइन् । 

उनका अनुसार अहिले सो जिल्लाका नागरिकहरु किवि खेतीबाट सम्पन्नताको बाटोमा अघि बढेका छन् ।  


 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप