शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २३ भदौ २०७५, ०५ : ३२
शनिबार, २३ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र २३ गते । शनिबार । ईश्वी सन् २०१८ सेप्टेम्बर ०८ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि चतुर्दशि,५० घडी ०२ पला,रातको ०१ बजेर ४७ मिनेट उप्रान्त औंषि । नक्षत्र अश्लेषा १० घडी ३४ पला,बिहान ०९ बजेर ५९ मिनेट उप्रान्त मघा । योग शिव ३३ घडि ५२ पला,बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त सिद्ध । 

 

करण भद्रा,दिउँसो ०२ बजेर ५६ मिनेट उप्रान्त शकुनी,रातको ०१ बजेर ४७ मिनेट चतुष्पद । आनन्दादिमा मानश योग । चन्द्रराशि कर्कट,बिहान ९ बजेर ५९ मिनेट उप्रान्त सिंह ।  जुगस् चह्रे पूजा। शिक्षा तथा साक्षरता दिवस। 

काठमाडौंमा सूर्योदय ५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १३ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा आकस्मिक लाभ हुँने व्यापार व्यावसायमा आजको दिन लगानि नबढाउँनुहोला घाटा लाग्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समन्धि समस्या आई ज्यानलाई दुख दिनेछ । पढाई लेखाईमा समय दिए अनुसार नतिजा नआउँने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनु जरुरि देखिन्छ । प्रेममा आफ््नो मान्छेलाई अबिश्वास गर्दा आफैलाई चिन्ता बढ्नेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यार्थीको लागि पढ्ने लेख्ने वाताबरण बनेर आउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ भने जनताको काम गर्न सक्दा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तापनि कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले कुटुम्ब सँग मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । बिभिन्न सभा पढाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । मध्यान्हबाट समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउँने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउँनेछन् । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनिति तथा समाजसेवामा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । बिहानको समयमा लामो दुरिको यात्रा तय हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । 

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रत तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । समयमा काम बन्ने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानिको तुलनामा खर्च कम हुँने हुँदा फाईदा हुँने क्षेत्र खोजेर लगानि गर्न सकिनेछ । व्यापार तथा शेयरबजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनितिमा लाग्नेहरुले राज्यबाट बिषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नया काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ । बिहानको समयमा धार्मिक तथा अध्यात्मिक चिन्तन बढ्नेछ । 

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुँने अधिक सम्भावना रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वादबिवाद तथा प्रतिश्पर्धामा  जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुँनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । 

 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप