मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो मल्टिस्टारर ‘जय भोले’

मङ्गलबार, १९ भदौ २०७५, ०१ : ००
मङ्गलबार, १९ भदौ २०७५

काठमाडौं – अशोक शर्माले लामो समयपछि निर्माण निर्देशन गरेको चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीवार राजधानीको कमलपोअरी स्थित कुमारी हलमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । 

कमेडी संवादले प्रथामिकता पाएको ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन लगायत सबै विषय समेटिएको छ ।

चलचित्र भित्रका कुरा ट्रेलरमा समेटिएको निर्देशक शर्माले कार्यक्रममा जानकारी दिए । उनले चलचित्र ‘मनोरञ्जनको फुल डोज’ समेत बताए ।

दशैंको फूलपातीमा प्रदर्शनमा आउँने बताइएको चलचित्र अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

खगेन्द्रको अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारको  अभिनय रहेको चलचित्र १ करोड ६० लाखमा निर्माण भएको बताइन्छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप