शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : प्रेम र गीतको भिडन्त

शुक्रबार, २२ भदौ २०७५, ११ : ५४
शुक्रबार, २२ भदौ २०७५

काठमाडौँ । आज शुक्रबारबाट एकसाथ दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘रोज’ र ‘रामकहानी’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । 

आफ्नो चलचित्र उत्कृष्ट बनेकोले व्यवसाय पनि राम्रो हुने दुबै चलचित्रका मेकरले दाबी गरेका छन् । केही बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’बाट हिट भएका दुई कलाकार पूजा र प्रदीप आज पहिलो पटक बक्सअफिसमा आमनेसामने गर्दैछन् । 

‘प्रेमी गीत’मा प्रेमको भुमिका निर्बाह गरेका प्रदीप अभिनित ‘रोज’ र गीतको चरित्रमा देखिएकी पूजाको ‘रामकहानी’को यो भिडन्तलाई दर्शकले रोचक तवरले हेरेका छन् । 

‘प्रेम गीत’ रिलिजपछि केही समय कट्टर दुस्मन भएका यी दुबै कलाकारको चलचित्र एकसाथ प्रदर्शनमा आउँनुलाई दर्शकले ‘रोज’ र ‘रामकहानी’को भिडन्त भन्दा पनि प्रेम र गीतको भिडन्तको रुपमा हेरेको पाइन्छ ।

‘रोज’ 
मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलबाट प्रदर्शनमा आएको हो । निरक पौडेलले निर्देशन गरेको यो चलचित्र प्रेमकथामा आधारित रहेको छ । गोपिकृष्ण मूभिज र आरोही फिल्मस्ले संयुक्त निर्माण रहेको चलचित्र मुलुकका ९५ ओटा चलचित्र भवनबाट एकसाथ आएको निर्माण युनिटले दाबी गरेको छ । प्रदीप खड्का, पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतको समेत अभिनय देख्न सकिन्छ । निर्माण युनिटले शुक्रबार बिहान चलचित्रको प्रेस सो समेत राखेको थियो । सोमा चलचित्र हेरेपछि पत्रकार।ले मिश्रित प्रतिक्रिया दिए । केही पत्रकारले चलचित्रको मेकिङ कमजोर रहेको बताउँदा केहीले चलचित्र ठीकै बनेको प्रतिक्रिया दिए । कार्यक्रममा हिन्दी चलचित्रबाट केही प्लट फरक पारेर ‘रोज’ हुँबहँु निर्माण भएको समेत भन्ने भेटिएका थिए ।  

अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।

‘रामकहानी’

सुदर्शन थापाको निर्देशन रहेको ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भुमिकामा देखिएको दाबी गरिएको चलचित्र कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको निर्माण पक्षको दाबी रहेको छ । 
अभिनेत्री पूजा र निर्देशक सुदर्शनले मिलेर निर्माण गरेको यो चलचित्रको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले छायांकन गरेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप