प्रेमिका गर्भवति भएको रोनाल्डोद्वारा पुष्टि
बुधबार, ०४ साउन २०७४, १८ : ०१
म्याड्रिड – केही दिन यता फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको ट्रफीभन्दा पनि एउटा कुरा चाँडो बढिरहेको छ, त्यो हो उनको परिवार ।
३२ वर्षीय स्टार खेलाडीले स्पेनिस पत्रिका एल मुन्डोसँग कुराकानी गर्दै प्रेमिका जर्जिना रोड्रिग्वेज गर्भवति भएको कुरा स्वीकार गरेका छन् ।
थप अर्को सन्तान आउने समाचारबारे सोध्दा उनले आफू निकै खुसी भएको बताए ।
जर्जिनाबाट उनको चौँथो सन्तान हुनेछ । केही दिनअघि मात्र उनी सरोगेट आमाबाट दुई सन्तानको पिता बनेका थिए ।
उनको यसअघि ६ वर्षीय छोरा रहेका छन् ।
जर्जिना पनि गर्भवति रहेको कुरा धेरै समयदेखि चर्चा भइरहेको थियो । इन्सटाग्राम पोष्ट गरिएको तस्विरले त्यो खबरलाई झन् बढावा दिएको थियो ।
रोनाल्डोले आफू परिवारसँग रहने भएको कारण रियल म्याड्रिडको अमेरिकाको टुरमा पनि सहभागी नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई