शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार बढेको बजारमा आज ४.३६ अंकको गिरावट

बिहीबार, २१ भदौ २०७५, १६ : २७
बिहीबार, २१ भदौ २०७५

काठमाडौं–लगातार पाँच दिनसम्म बढेको सेयर बजारमा बिहिबार भने ब्रेक लागेको छ । 
 बिहिबार (आज)  बजार ४.३६ अंकले घटेको हो । ०.३५ प्रतिशतले घटेको बजार १२२९.७७ अंकमा अडिएको छ । यस दिन ७९ करोड  ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १७४ कम्पनी कारोबारमा सामेल थिए । 
ट्रेडिङ, उत्पादन तथा प्रशोधन र अन्य समुह बढेको छ भने बाँकी सबै समुह घटेको छ । उतपादन तथा प्रशोधन २०.४१ अंकले बढेको छ । अन्य समुह १४.५ अंकले बढेको छ भने ट्रेडिङ समुह ३.७६ अंकले बढेको छ । अरु सबै समुह घटेको छ । 
आज सबैभन्दा बढी  एनएमबी बैंकको १० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप