बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर १ः प्रदेशसभा बैठकमा सिंचाई सम्बन्धी विधेयक प्रस्तुत

बिहीबार, २१ भदौ २०७५, १६ : १३
बिहीबार, २१ भदौ २०७५

विराटनगर– प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा ‘सिँचाइ सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ दफावार छलफलका लागि प्रस्तुत गरिएको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो विधेयक दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस्’ भनेर बैठकमा प्रस्ताव गरेका थिए ।

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य मोहनबहादुर खड्काले ओखलढुङ्गा जिल्लामा सडक डिभिजन कार्यालयको लापरवाहीका कारण विकास निर्माणमा कठिनाइ भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले जिल्लामा विकास निर्माणका लागि ठेक्कामा लागेका सडक र भवन अधुरो रही अलपत्र परेकाले जनताको व्यापक गुनासो रहेको बताए । 

प्रदेशसभाका अर्का सदस्य हीराबहादुर थापाले झापा जिल्लामा भू–माफिया सक्रिय रहेर सार्वजनिक जग्गाको धनीपूर्जा बनाउने गरेकाले त्यस्तो जग्गाको पूर्जा खारेजीको माग गरे । प्रदेशसभाको अर्को बैठक यही भदौ २२ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप