शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गर्ने जेल चलान

बिहीबार, २१ भदौ २०७५, १५ : ५५
बिहीबार, २१ भदौ २०७५

भोजपुर– जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो । 

बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो भने कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ । बोहोराले गत जेठ ६ गते, कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप