शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के तालु खुइलाउँदा बाक्लो कपाल आउँछ ? थाहा पाउनुस् वास्तविकता

बिहीबार, २१ भदौ २०७५, १० : २७
बिहीबार, २१ भदौ २०७५

कपाल झर्नबाट रोक्नका लागि र बाक्लो कपाल पाउनका लागि मानिसहरुले तालु खुइलाउन सल्लाह दिन्छन् । धेरै मानिसहरुलाई लाग्छ कि तालु खुइलाउँदा नयाँ आउने रौं मोटो र बाक्लो हुन्छन् र रेजर लगाउँदा पहिले नभएका ठाउँमा पनि कपाल उम्रिन थाल्छ । तर के वास्तवमा नै यस्तो हुन्छ ?

सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि तालु खुइलाउनुको अर्थ कपाललाई काट्नु नै हो । र तपाईंले कपाललाई जसरी काटेपनि यसले त्यसको वृद्धि, लम्बाई र मोटाईमा कुनै फरक पार्दैन । तर यो साँचो हो कि कपाल लामो भएपछि हाँगा पलाउन थाल्छन् जुन काट्दा हामीलाई कपाल बाक्लो भएको महसुस हुन्छ ।

यसबाहेक धेरैलाई लाग्छ कि कपालमा तेल मालिस गर्दा कपाल छिटो बढ्छ र बलियो हुन्छ जबकी यस्तो केही पनि हुँदैन । यदि तपाईं कपाललाई धेरै रगडेर मालिस गर्नुहुन्छ भने तपाईंको कपाल टुट्न सक्छ ।

चायाका कारण कपाल झर्छ भनेर विभिन्न विज्ञापनले देखाउने गर्छन् तर यो पनि वास्तविकता होइन । चायाका कारण तपाईंको कपाल कमजोर भएर टुट्छन्, झर्दैनन् । टुट्नु र झर्नु फरक कुरा हो ।

मानिसहरुमा यो पनि गलत धारणा छ कि हामीले पटक–पटक स्याम्पु परिवर्तन गर्नबाट रोक्नुपर्छ जबकी यसले  कपालसँग कुनै सम्बन्ध राख्दैन । स्याम्पु हो, कुनै रक्सी होइन जुन तपाईंको कपाललाई लत लागोस् । यदि तपाईंलाई आफ्नो स्याम्पु परिवर्तन गर्न मन लागेको छ भने आनन्दले चेन्ज गर्नुहोस् ।

यतिमात्र होइन, मानिसहरुलाई लाग्छ कि यदि कन्डिशनरको प्रयोग गरे कपाल झर्न थाल्छ जुन पूर्ण रुपमा बकवास हो । कन्डिशनरले कपाल नरम बनाउँछ लट्टा पर्दैन जसका कारण कपाल कम झर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप