शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर उपचारलाई सजिलो बनाउनमा निकै ठूलो सफलता

बिहीबार, २१ भदौ २०७५, ०८ : ४०
बिहीबार, २१ भदौ २०७५

बीबीसी

वैज्ञानिकले आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर क्यान्सर कसरी बढ्छ भन्नेबारे पत्ता लगाएका छन् ।

यसले डाक्टरलाई बिरामीका लागि सबैभन्दा प्रभावशाली उपचार कसरी सुरु गर्ने भन्नेमा निकै सहयोग हुने बताइएको छ ।

लण्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आइसीआर) र युनिभर्सिटी अफ एडिनबर्गको समूह मिलेर एउटा नयाँ प्रविधीको खोजी गरेको छ – रिभोल्वर (रिपिटेड इभोलुशन अफ क्यान्सर)

क्यान्सर भएपछि डिएनएमा आएको परिवर्तनको ढाँचालाई यो प्रविधीले रेकर्ड गर्छ र यो जानकारीलाई भविष्यमा हुने अनुवांशिक परिवर्तनलाई बुझ्नका लागि प्रयोग गरिन्छ ।

शोधकर्ताका अनुसार ट्युमरमा लगातार आउने परिवर्तन क्यान्सर उपचारमा एउटा ठूलो चुनौती थियो । एउटा क्यान्सर ‘ड्रग रेसिस्टेन्ट’ हुनसक्छ अर्थात् क्यान्सरमा औषधीको असर बन्द हुने गर्छ ।

स्तन क्यान्सरः

यद्यपी, यदि डाक्टरलाई पहिले नै ट्युमर कसरी विकसित भइरहेको छ भन्ने थाहा भए डाक्टरले यसलाई बढ्नु अघि नै वा यो ड्रग रेसिस्टेन्ट हुनु अगावै उपचार सुरु गर्न सक्छन् ।

उक्त समूहले ट्युमरमा बारम्बार आउने परिवर्तन र क्यान्सरबाट बच्नेबीच सम्बन्ध भएको पनि पत्ता लगाएको छ ।

यो प्रविधीले डिएनए परिवर्तनको ढाँचामार्फत क्यान्सर पत्ता लगाउन मद्दत गर्न सक्छ र उपचार पनि त्यही अनुरुप गर्न सहयोग गर्छ ।

उदाहरणका लागि शोधकर्तालाई थाहा भयो कि स्तन क्यान्सरमा ट्युमरलाई रोक्ने पी५३ प्रोटिनको जीनमा अभाव हुन्छ र त्यसपछि क्रोमोजोम एटमा परिवर्तन भएका बिरामीको बाँच्ने सम्भावना निकै कम हुन्छ ।

उक्त समूहले एउटा नयाँ मेसिन बनाएको छ जसले एकै खालका बिरामीको ट्युमरको जानकारी दिने गर्छ ।

शोधकर्ताले फोक्सो, स्तन, मृगौला र आन्द्राको क्यान्सरका लागि पछिल्लो अध्ययनकोे एक सय ७८ रोगीको सात सय ६८ ट्युमर स्याम्पलको प्रयोग गरेर प्रत्येक ट्युमरको डेटालाई क्यान्सर पत्ता लगाउन र हरेक क्यान्सरको परिवर्तनको तुलना गर्नका लागि प्रयोग गरे ।

ढाँचाबारे पत्ता लगाएर त्यसलाई क्यान्सर बायोलोजीमा उपलब्ध जानकारीसँग जोडेर वैज्ञानिकले ट्युमरको विकासबारे पत्ता लगाउन सक्छन् ।

यो अनुसन्धान जनरल नेचर मेथड्समा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप