बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, २१ भदौ २०७५, ०५ : ५७
बिहीबार, २१ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र २१ गते । बिहिबार । ईश्वी सन् २०१८ सेप्टेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि एकादशी,०८ घडी ०९ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त दुवादशी । नक्षत्र पुनर्वशु १८ घडी ५५ पला,दिउँसो ०१  बजेर १९ मिनेट उप्रान्त तिष्य । योग वरियान ४९ घडि १३ पला,रातको ०१ बजेर २६ मिनेट उप्रान्त परिध । करण बालव,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त कौलव,बेलुकी ०७ बजेर ४८ मिनेट तैतिल । 

 

आनन्दादीमा सिद्धि योग । चन्द्रराशि मिथुन,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २१ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्न नसकिने तथा आम्दानि कम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाई लेखाई तथा यस्तै क्रियाकलापमा राम्रो मेहनेत गरे मात्र परिणाम तपाईकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाईदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानि केहि मात्रामा बढाउन सकिनेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्ययम रहेकोले कुनै काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा तपाईको कुरा काट्नेहरु सक्रिय हुँनेछन् । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्याबहार गर्नुहोला मनमुटाव बढ्ने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउँनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनु पर्ने हुँनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पर्यटकिय तथा रमाईलो यात्रा हुँनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप