शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा जागिरबाट निकालिइन्, मुद्दा हालिन्

बुधबार, २० भदौ २०७५, १३ : २१
बुधबार, २० भदौ २०७५

एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन्  तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो ।

२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्टभित्र समिज लगाउनुपर्दथ्यो ।

ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई बताए ।

क्रिस्टिनाले सिबीसीलाई भनिन्, ‘गोल्फ क्लबमा रक्सी मिसिएपछि के हुन्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।’

पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् ।

‘यो नियम लिङ्गमा आधारित छ त्यसकारण मैले मानव अधिकारसँग जोडेर मुद्दा दर्ता गरेकी छु, ’ उनले भनिन् ।

‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ?’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप