मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

बुधबार, ०४ साउन २०७४, १६ : ३६
बुधबार, ०४ साउन २०७४

तेह्रथुम -गाईको बाच्छाले कुल्चिएर तेह्रथुममा एक वृद्धाको मुत्यु भएको छ । 

म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप