बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी योजना बनाउन मन्त्रीको निर्देशन

मङ्गलबार, १९ भदौ २०७५, १८ : ३३
मङ्गलबार, १९ भदौ २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २ वर्षभित्र मुलुकमा २५ लाख पर्यटक भित्र्याउने दावी गरेका छन् ।  मन्त्री अधिकारीले सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई मुलुकको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा विकास गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पनि पर्यटनसँग सम्बन्धित संघ, संस्थालाई आग्रह गरे । उनले सरकारले पर्यटन क्षेत्रको विकासका लागि सबै हिमालहरुलाई नामाकरण गर्ने योजना अघि सारेको पनि स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप