शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा एक युवाले भूत सम्झेर श्रीमतीलाई खुकुरी प्रहार गरेपछि !

मङ्गलबार, १९ भदौ २०७५, १७ : ४१
मङ्गलबार, १९ भदौ २०७५

रामहरि श्रेष्ठ
ओखलढुंगा–२१ औं शताब्दीको यो आधुनिक जमानामा देशका कयौं भूभागका मानिसहरु आझैपनि भुतप्रेतमा विश्वास गर्दछन् । 

कहिलेकाहीँ अन्धविश्वासकै पछि लाग्दा ठूलो दुर्घटना पनि निम्तन सक्छ भन्ने उदाहरण ओखलढुंगामा घटेको एक घटना बनेको छ ।

जिल्लाको खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्यराती भूतले तर्साएको भन्दै निन्द्रामै  श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई लागेर गम्भीर  भएका भएकी हुन् । 

गीतामायाको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

 हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै  खुकुरी प्रहार गरेको बताइएको छ । 

उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप