बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेकेन्डरी सेयरमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने कुरा

मङ्गलबार, १९ भदौ २०७५, १५ : ३२
मङ्गलबार, १९ भदौ २०७५

प्रकाश पौडेल
 

सेयरबजार भनेको एउटा सिसाको घर जस्तै हो, जुन अत्यन्तै संवेदनशील हुन्छ । यसलाई बजारका ससाना गतिविधिहरूले पनि असर परिरहेको हुन्छ । विगतका वर्षहरूलाई हेर्ने हो भने देशमा विभिन्न खालका उतरचढावका करणबाट अन्य दीर्धकालीन आर्थिक क्षेत्रमा लगानी बढ्न नसकेको अवस्थामा सेयर बजारमा लगानी बढ्ने गरेको र सेयरलाई सहजै नगदमा परिणत गर्न सकिने भएकाले सेयर एउटा वैकल्पिक लगानीको क्षेत्र हो । 

लगानीकर्ताको सेयरमा लगानी गर्नुको प्रमुख उद्देश्य भनेको सुरक्षित लगानीका साथसाथै उच्च प्रतिफल प्राप्त होस् भन्ने हो । बजारले सधँै अवसर र चुनौती सिर्जना गरेको हुन्छ । सेयर बजारबाट उचित प्रतिफल प्राप्त गर्ने इच्छा सबै लगानीकर्ताले राखेका हुन्छ नै तर सबै लगानीकर्ताका लागि त्यो चुनौती हुन्छ । दोस्रो बजारमा सेयरको मूल्य सधँै घटबढ हुन्छ । सेयरको मूल्य निर्धारण कुनै व्यक्ति विशेषले नगरी माग र आपूर्तिको सिद्धान्तको आधारमा हुने गर्दछ । एउटा विवेकशील लगानी कर्ताले मूल्यमा प्रभाव पार्ने कुरामा जानकार हुन आवश्य हुन्छ । बजारमा मुख्यत आन्तरिक तथा बाह्य करणबाट उतारचढवको स्थिति आएको पाइन्छ ।

आन्तरिक कारण भन्नाले कम्पनीको वित्तीय अवस्था तथा तिनीहरूले समय समयमा फैलाउने हल्लाहरू जस्तै गलत वित्तीय विवरण, हकप्रद, लाभंश तथा विभिन्न बलिया कम्पनीसँग मर्जर आदि । बजारमा चल्ने हल्ला सधैँ साँचो हँुदैन तर गलत हल्लाकै भरमा कुनै कम्पनीको सेयर मूल्यलाई बढाएर साना तथा नयाँ लगानीकर्तालाई प्रलोभनमा पारेर सेयर चर्को मूल्यमा बिक्री गर्ने गरेको उदाहरण धेरै भेटिन्छ । यसो हुनुको प्रमुख कारण उच्च महत्वकांक्षका साथ सथै पूर्ण ज्ञानको कमी हो । लगानी कर्ताले दोस्रो बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले आफूले गर्न लागेको लगानी आल्पकालीन वा दीर्घकालीनमध्ये कुन हो भन्ने कुराको स्पष्ट भई लगानीका लागि स्रोत र साधन जुटाई उचित प्रतिफल लिन सम्भावित सेयरहरूको वर्गीकरण गर्नुपर्दछ ।

वर्गीकरण गरिएका सेयरहरूमध्ये उच्च नाफा, भविष्यमा राम्रो लाभांश दिने, बजारमा हिस्सा बढी भएका, नेटवर्थ सकरात्मक भएका तथा तत्काल बिक्री गर्नुपर्ने अवस्थामा सहजै बिक्री हुने कम्पनीहरूको सेयरमा लगानी गर्नुपर्दछ । सहि वित्तीय अनुपातको विश्लेण तथा लगानीका विभिन्न समूहमा लगानी गरी लगानी विविधीकरण गर्न सकेमा एउट अवसरको सिर्जना हुन्छ, जसबाट उसलाई उचित प्रतिफल प्राप्त हुन्छ । दोस्रो बजारमा लगानीपश्चात लगानी गरेका कम्पनीहरूको बारेमा जानकारी लिने, दैनिक मूल्यसूची हेर्ने, कम्पनीले विभिन्न समयमा जारी गर्ने बोनस, हकप्रद तथा साधारण सभासम्बन्धी जानकारी लिई विश्लेषण गर्नुपर्दछ ।  कहिलेकाही आफूले खरिद गरेका सेयरमध्ये कुनै कम्पनीको सेयरको मूल्य कुनै कारणबस घट्ने सम्भावना लागेमा तत्कालै विवेकपूर्ण तरिकाले बिक्री गरेर अन्य मूल्य बढ्ने सम्भावित सेयरमा लगानी गर्नु राम्रो हुन्छ । 

सेयरबजारमा पनि अन्य क्षेत्रमा जस्तै आर्बौं रकम लगानी भएको छ र यससँग कैयौँ लगानीकर्ताहरू आश्रित छन् । त्यसकारण यस क्षेत्रलाई पनि अन्य क्षेत्रको जस्तै विकसित र विस्तारित हुनुपर्ने कुरा विभिन्न समयमा उठ्ने गरेको छ । किनभने बजार सधैँ जोखिम विद्यमान रहेको हुन्छ । त्यसकारण लगानीकर्ताले जोखिमलाई न्यूनीकरण गर्न सजग हुनु पर्दछ । यदि लगानीकर्ता जोखिम लिन चाहँदैन भने उसले विभिन्न जोखिम कम हुने क्षेत्रहरू जस्तै सामूहिक लगानी कोष, निश्चित व्याजदर भएका सरकारी ऋणपत्रमा लगानी गर्नुपर्दछ ।  

अर्कोतर्फ सरकार तथा सरोकारवाला निकायहरूले विभिन्न समयमा ल्याउने नीति नियमहरू प्रष्ट नभएको तथा त्यसको गलत व्याख्या गर्ने गरेका कारणबाट लगानीकर्तामा सरोकारवालाले यस क्षेत्रलाई अन्य क्षेत्रको तुलानामा कम महत्व दिएको मनोवैज्ञानिक प्रभाव पर्न गई बजारमा बढी जोखिम बढेको छ । सेयर बजारभित्र हुने अनियमिताहरू नरोकिनु, बजारलाई प्रतिकुल हुने गरी विभिन्न खेलसँग तुलना गरिनु, लाभकर तथा भ्याटका विषयमा स्पष्ट कानुनी प्रावधानको व्यवस्था नगरी कर सङ्कलन गर्ने माध्यमका रूपमा लिनु, सबै लगानीकर्तालाई एउटै टोकरीमा राखी एकै खालको दृष्टिकोण बनाउनुले पनि उतारचढाव आउने गरेको छ ।

यी समस्याको समाधनको उपाय भनेको सरोकारवाला निकाय यसप्रति सधैँ सचेत रहनु हो । बजार तथा लगानी कर्तालाई हानी नोक्सनी हुन नदिन अनियमिताहरूलाई नियान्त्रण गरी बजारसम्बन्धी शिक्षालाई प्रभावकारी बनाउनु पर्दछ ।
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप