मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१५ महिनादेखि विमानस्थल बन्द

मङ्गलबार, १९ भदौ २०७५, १४ : ४८
मङ्गलबार, १९ भदौ २०७५

सुर्खेत– रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।  गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ । गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमाडौं लानु परेको स्थानीय गोपाल रेग्मीले बताए ।

विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताए ।

नागरिक उडययन प्राधिकरणले उडानका लागि जहाजको कमी भएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले एउटा उडान हुनसकेको छैन । केही समय अगाडि मात्रै रु साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप