साझा पर्व बन्दै लाखेनाच
दुल्लु– विशेषगरी नेवार समुदायले मनाउँदै आएको लाखेनाच दैलेखमा भने सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको छ । नेवार समुदायबाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको हो ।
लाखेनाच संरक्षण गर्न दैलेखका नेवार समुदायसँगै अन्य समुदायले पर्वका रुपमा मनाउन थालेका हुन् । दुई सय वर्षदेखि सञ्चालन हुँदै आएको लाखेनाच लोप हुन नदिन अन्य समुदायले नाचको शुरुवात गरेका हुन् ।
जिल्ला सदरमुकाम दैलेख बजारलगायत ग्रामीणस्तरमा समेत लाखेनाचको प्रभाव बढेको छ । भगवान् श्री कृष्णको जन्मलिलासँग सम्बन्धित लाखेनाच सोमबार दैलेखमा सम्पन्न भयो । गत साउन २४ गते गठेमङ्गल घण्टाकर्णबाट शुरु भएको लाखेनाच एक महिने लामो वर्षे मेला सोमबार सम्पन्न भएको हो ।
आइतबार राति १२ बजे श्रीकृष्णको जन्म गराई सोमबार कृष्णले लाखेको बध गरेपछि मेला सम्पन्न हुने गर्दछ । श्रीकृष्णले कंशलाई मारेको सम्झनामा लाखेनाच नाच्ने गरिन्छ । एक महिनासम्म नाचिने लाखेनाचको श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन गर्ने परम्परा छ । दैलेख सदरमुकाम, दुल्लु, बेस्तडा, नौमूले, डुङ्गेश्वरलगायतका स्थानीयवासीका घर तथा बजारमा सो नाचको प्रदर्शन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी