मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सरी स्कूलको उद्घाटन कार्यक्रममा पोल डान्सः अभिभावक रुष्ट, हंगामा

मङ्गलबार, १९ भदौ २०७५, १२ : २७
मङ्गलबार, १९ भदौ २०७५

चीनको एउटा नर्सरी स्कूलको स्वागत कार्यक्रममा पोल डान्सरको प्रस्तुतीपछि सोसल मिडियामा हंगामा भएको छ ।

साउदर्न मेट्रोपोलिस डेली न्यूजपेपरका अनुसार सेप्टेम्बर तीन तारिखमा सिनसाहुई किन्डरगार्टेनको उद्घाटन समारोहमा बालबालिका र अभिभावकलाई बोलाइएको थियो ।

उक्त कार्यक्रममा छोटो लुगा लगाएका महिलाहरुको नृत्य प्रस्तुत गरिएको थियो । हद त त्यतिबेला पार भयो जब कार्यक्रममा पोल डान्स गरियो ।

पोल डान्स गरिरहेको दृश्य सार्वजनिक भएपछि अनलाइनमा हंगामा भएको छ । माइक्रोब्लग सिना वेबोमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

‘स्कूलका प्रधानाध्यापकले के मात्र सोचेका हुन्, मलाई जान्ने पटक्कै इच्छा छैन, ’ एक वेबो प्रयोगकर्ताले भने । अर्काले थपे, ‘किन्डरगार्टेनका लागि यस्तो डान्स, अविश्वसनीय ।’

यस्तै, अर्काले भने, ‘नर्सरीका बच्चाहरुलाई ज्ञान दिनुपर्छ तर यतिधेरै ज्ञान पनि होइन ।’

रुष्ट अभिभावकः

अनलाइनमा उक्त घटनाको निकै खिल्ली उडाइएको छ । साउदर्न मेट्रोपोलिस डेलीका अनुसार स्कूलको यस्तो कार्यक्रमले आफ्नो बच्चाहरुमा दीर्घकालीन प्रभाव पार्ने धेरै अभिभावको चिन्ता छ । कति अभिभावकले आफ्ना बच्चालाई त्यहाँ नपढाउने निर्णयसमेत गरिसकेका छन् ।

‘किन्डरगार्टेनमा पोल डान्सरको प्रस्तुतीले त्यहाँका स्कूलका शिक्षक–शिक्षिकाको बौद्धिक स्तर कस्तो छ भन्ने दर्साउँछ, ’ एक अभिभावकले मोबाइल मेसेन्जर विच्याटमा भने ।

अर्का अभिभावक एक्सपाट माइकल स्ट्यान्डाइर्ट भन्छन्, ‘मलाई लाग्छ कि यो राम्रो विचार हो । हामी हाम्रा बच्चाहरुलाई स्कूलबाट निकाल्दै छौं र ट्युशन फिस फिर्ता माग्दैछौं ।’

सिसिटिभीका अनुसार स्थानीय बाओन एजुकेशन ब्यूरोले स्कूललाई यसका लागि माफी माग्न आदेश दिएको छ । साथै स्कूलका प्रधानाध्यापकलाई बर्खास्त गर्दै घटनाको छानविन गर्न आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप