शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षे बालिका जसको रगतको पसिना बग्छ

मङ्गलबार, १९ भदौ २०७५, ११ : ४२
मङ्गलबार, १९ भदौ २०७५

भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

क्वि होवा नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पतालमा पुर्याइएकी उनलाई निकै दुर्लभ स्वास्थ्य अवस्था हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ ।  

गोपनियताका लागि एन नाम दिएकी ती बालिकाको तीन– चार महिना अघिदेखि रगतको पसिना बग्न थालेको हो । पाँच कक्षामा अध्यननरत ती बालिकाको दिनमा तीन चार पटक रगतको पसिना बग्न थालेपछि र सहनै नसक्ने टाउको दुखेपछि अस्पताल पुर्याइएको उनका आमाबुवाले जानकारी दिए ।

आमाबुवाले सुरुमा उनलाई हो चि मिन्हमा अवस्थित ब्लड ट्रान्सफ्युजन हेम्याटोलोजी एण्ड  डर्म्याटोलोजी अस्पताल पुर्याए । जहाँ उनलाई डाक्टरले छालाको संक्रमण बताउँदै थुप्रै औषधी दिए । यद्यपी, उक्त उपचारले कुनै रंग देखाउन नसकेपछि भियतनामको गिया लाइ प्रान्तमा बस्ने उनको परिवारले क्यू नोहनस्थित होआ नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पताल पुर्याए । जहाँ उनका विशेष अंगको परिक्षण गर्दा सबै नर्मल देखिएको बताइएको छ । अहिलेका लागि डाक्टरहरुले उनको तनावको स्तर कम गर्न प्रयासरत छन् । तनावका कारण उनले रगतको पसिना बगाइरहेको अनुमान डाक्टरले गरेका छन् ।

हेमाटिड्रोसिस निकै दुर्लभ रोग हो । यो यति दुर्लभ छ कि कतिले यो रोगको विश्वाससमेत गर्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप