बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नराम्रा चलचित्र जति पैसा दिएपनि गर्दिनँ – प्रदीप

मङ्गलबार, १९ भदौ २०७५, ११ : १४
मङ्गलबार, १९ भदौ २०७५

काठमाडौं – दर्शकमा राम्रो क्रेज भएका अभिनेता अभिनेता हुन् प्रदीप खड्का । उनी चुजी पनि छन् । जुनपायो त्यही चलचित्र अभिनय नगर्ने उनका वर्षमा एक वा दुई भन्दा बढि चलचित्र आएका पनि छैनन् ।

एक चलचित्र हात हालेपछि त्यो रिलिज नभएसम्म अर्काेमा हात नहाल्ने उनको गजबको बानी छ । त्यही बानीले उनी निर्माता निर्देशकको रोजाइमा समेत पर्न सफल छन् ।

बौद्धिक अभिनेताको रुपमा समेत परिचित उनी पछिल्लो समय चर्चामा छन् । यतिबेला उनको चर्चा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोज’का कारणले हुने गरेको छ । २२ भाद्रबाट प्रदर्शनमा आउने यो चलचित्रमा उनले कैदीको भूमिका निर्बाह गरेका छन् । 

यो चलचित्र रिलिज भएपछि उनले ‘लभ स्टेशन’ सकाउनेछन् । गोबिन्द शाहीको निर्माण रहने यो चलचित्र पछि उनका हातमा  ‘भैरवी’ र ‘प्रेमगीत ३’ पनि छन् । 

हल्लाको कुरा पत्याउने हो भने अहिले ५० लाख पारिश्रमिक उनलाई तीन चलचित्रको अफर समेत दिइएको छ । तर आधिकारीक पुष्टी गर्ने ठाउँ भने कही कतै छन् । 

एकपछि अर्को चलचित्र हातमा रहेका प्रदीपलाई  पैसामुखी भयो भन्ने समेत आरोप लाग्न थालेको छ । यही आरोप उनी चलचित्र ‘रोज’को प्रचारका लागि देश दौडाहामा जानु अगाडि आयोजित एक पत्रकार भेटघाटको क्रममा पनि आएको थियो । 

सो क्रममा उनले आफूले पैसाका लागि लगातार चलचित्र साइन नगरेको स्पष्ट पारे । ‘राम्रा चलचित्र भए निःशुल्क गर्न पनि तयार छु’ उनले भने ‘नराम्रा जति पैसा दिएपनि गर्दिनँ ।’

नीरक पौडेल निर्देशित रोज गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको हो । चलचित्रले एक युवकको अपराध यात्रा देखाउन खोजेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप