बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो : प्रधानमन्त्री ओली
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘बिम्स्टेक सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विद्युत् अन्य देशलाई बिक्री गर्न विद्युतीय ग्रिड चाहिएको उल्लेख गर्दै यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय सम्मेलनमा भएको छ भने ।
‘जल ऊर्जाको विषयमा भारत र बङ्गलादेशसँग विशेष रुपमा केन्द्रित भएर छलफल भएको छ, जसबाट भारत, बङ्गलादेश र म्यानमार मात्र नभई भविष्यमा थाइल्याण्डसम्म बिजुली निर्यात गर्न सकिन्छ’, उनले भने, ‘नेपाल र नेपाली जनताको हितलाई सर्वोपरि ठानेर बिम्स्टेकमा छलफल गरी घोषणापत्र जारी गरिएको छ ।’
प्रधानमन्त्री ओलीले बिम्स्टेक वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर न्यायोचित रुपमा काम गर्छौं भने ।
बिम्स्टेक सम्मेलनमा अहोरात्र मिहिनेत गर्ने सम्बन्धित मन्त्रालय र सरकारका सबै निकायलाई धन्यवाद ज्ञापन गर्दै उनले ‘खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासी नेपाली जनताप्रति आभार प्रकट गर्दछु, आमसञ्चार माध्यमलगायत सबैप्रति धन्यवाद व्यक्त गर्दछु’, भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण