शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक कारबाहीबाट एघार लाख राजश्व

बुधबार, ०४ साउन २०७४, १५ : ४३
बुधबार, ०४ साउन २०७४

बैतडी -आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक कारबाहीबाट रु ११ लाख राजश्व संकलन भएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेमबल्लभ जोशीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सावरी साधन चलाउने एक हजार ८८४ चालकबाट रु ११ लाख १५ हजार राजश्व संकलन भएको छ । 

ट्राफिक नियम उल्लङ्घन गर्नेमा सबैभन्दा बढी एक हजार १३० जिप–कार चालकबाट रु ६ लाख दुई हजार, ३८६ ट्रक चालकबाट रु दुई लाख ६७ हजार, १८२ मोटरसाइकल चालकबाट रु एक लाख २८ हजार, ट्याक्टर चालकबाट रु ८० हजार र बस चालकबाट रु ३७ हजार राजश्व संकलन भएको छ । 

आव २०७२÷७३ मा दुई हजार २२४ सवारी चालकबाट रु सात लाख २५ हजार राजश्व संकलन भएको थियो । जरिवाना गरिएसँगै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा गाडी हाँक्नेलगायत घटनामा कमी आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप