शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब प्रहरीले नै हेलिप्टरबाट बनायो जोडीको सेक्स टेप

बुधबार, ०४ साउन २०७४, १५ : ४२
बुधबार, ०४ साउन २०७४

बिबिसी

लण्डन – वेलायतमा एउटा अनौठो प्रकरण बाहिर आएको छ । प्रहरीको हेलिकप्टरबाट आफ्नो घरको बगैचामा सेक्स गरिरहेका जोडीको भिडियो बनाएको घटना अदालतसम्म पुगेको छ ।


यस मामिलामा बेलायतको दक्षिणी योर्कशायरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनवाई शुरु भएको छ ।


आरोपित म्याथ्यु लुकास (४२), ली वाल्स (४७), म्याथ्यु लुसेमोर (४५) र मलकोम रिव्स (६४) ले भने सरकारी सामग्रीको दुरुपयोग नगरेको बताएका छन् ।
ती जोडी आफ्नो घरको बगैचामा नग्न भएर यौनक्रिडामा लिप्त हुँदा प्रहरीको हेलिकप्टरबाट फिल्म बनाइएको थियो ।


चार जनाले आफूमाथिको आरोप अस्वीकार गरेपनि पाँचौ आरोपी अधिकारी एड्रियन पोगमोरेले भने यस मामिलामा आफूहरुले सरकारी सामग्रीको दुरुपयोग गरेको स्वीकार गरेका छन् ।


जाँच अधिकारी रिचर्ड नाइटले हेलिकप्टरका चालकले उच्च प्रविधिको भिडियो क्यामाराबाट भिडियो खिचेको र यो व्यक्तिगत जीवनको उल्लघंन भएको बताए ।
पीडित महिलाले यस घटनाले आफूहरुलाई ठूलो आघात पुगेको अदालतमा बयान दिएकी छिन् ।


सन् २०१२ मा पनि यस्तै घटना बाहिर आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप