शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरीका युवतीलाई प्रदीपले दिए गुलाबको फूल

सोमबार, १८ भदौ २०७५, ११ : ५२
सोमबार, १८ भदौ २०७५

धरान –इटहरीको आई सिनेमा हल अगाडि आइतबार युवतीहरुको भीड नै लागेको थियो । ती सबै युवती अभिनेता प्रदीप खड्काको प्रतिक्षामा थिए । 

प्रदीपले आफ्नो इन्स्टाग्राममा कन्सटका लागि आफू १ बजे इटहरीमा पुग्ने लेखेका थिए । सो देखेर करीब उनलाई भेन्ट युवतीहरु करिब तीन घन्टादेखि हल अगाडि उभिएका थिए ।

निर्धारित समयभन्दा करिब १ घन्टा ढिलो गरेर कन्सर्ट सुरु भयो । कार्यक्रमको सुरुमै आफ्नो प्रतिक्षामा रहेका युवतीहरुलाई प्रदीपले गुलावको फूल बाड्दै स्वागत गरे ।

चलचित्र ‘रोज’ टिम यतिखेर मोफसलको प्रमोशनल टुरमा छ । प्रदीप सहित नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हास्यकलाकार दिनेश काफ्ले, नव गायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले आइतबार इटहरी र धरानमा कन्सर्ट गरेको छ । 

कन्सर्टमा अभिनेता प्रदीपले स्टेजबाटै थुप्रै गुलावको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए । 

देशको बिभिन्न ठाउमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा धेरै दर्शकको साथ मिलेको प्रदीपले बताए । ‘म जहिले आउँछु । दर्शकको राम्रो साथ पाउने गरेको छु’ प्रदीपले भने ‘मेरो लागि यो माया अमूल्य हो ।’
कार्यक्रममा अभिनेत्री मिरुना र परमिताले पनि चलचित्रको विषयमा जानकारी गराएका थिए । 

धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले विशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’ लेखेको पोष्टर लिएर उनलाई भेट्ना आएका थिए । मिरुनाले धरानको स्टेजबाट म धरानकी चेली भनिरहँदा धरानबासीको हुटिङ खुबै सुनिन्थ्यो । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र ‘रोज’को ‘फूल हैन’ बोलको गीत गाएर दर्शक नचाए ।

हाँस्य कलाकार दिनेश काफ्ले र सन्ध्या थापा संचालन गरेको कार्यक्रममा दिनेशका कमेडी सम्वादले दर्शकलाई थप मनोरञ्जन मिलेको थियो । 

यो युनिट आज सोमबार झापाको दमक र बिर्तामोडमा कन्सर्ट सकेर  काठमाडौं फर्कने छ । उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलको निर्देशन रहेको ‘रोज’ आगामी शुक्रबारबाट देशभर प्रर्दशनमा आउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप