शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यचुश्रीले जितिन् किड क्विन नेपालको उपाधि

सोमबार, १८ भदौ २०७५, ११ : ४८
सोमबार, १८ भदौ २०७५

काठमाडौं–१६औं संस्करणको ‘किड क्विन नेपाल–२०१८’को उपाधि वानेश्वरकी यचुश्री श्रेष्ठले जितेकी छिन् । राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा यचुश्रीले १५ प्रतियोगीलाई पछि पार्दे उपाधि सहित विभिन्न पुरस्कार हात परेकी हुन् । 

प्रतियोगितामा लूमिला जोशीले फस्ट रसर्न अपको उपाधि  तथा स्वेना श्रेष्ठले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भए । प्रतियोगितामा अपेक्षा शेरचनले मिस फ्रेण्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट डे«ेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए ।

प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा सम्पन्न प्रतियोगिता किड क्विनका प्रतिस्पर्धिहरुको सामुहिक नृत्यबाट प्रारम्भ भएको थियो । प्रतियोगितामा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवाः की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन करा“ते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्रार शिवलाल श्रेष्ठ प्रतियोगीताका निणार्यक रहेका थिए । 

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्तुतिका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताइन् । रोजिन शाक्यले उक्त प्रतियोगितामा कोरियोग्रँफी गरेका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप