शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुहार मिल्दा १७ वर्ष जेलको बास, निस्केपछि १२ करोड क्षतीपूर्ती माग

सोमबार, १८ भदौ २०७५, १० : २८
सोमबार, १८ भदौ २०७५

सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे ।  

प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।

घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो ।

आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले  वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।

जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो ।

पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् ।

जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप