शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोलीसहित दुईजना पक्राउ

बुधबार, ०४ साउन २०७४, १४ : ३५
बुधबार, ०४ साउन २०७४

पर्सा-भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । 

बाह्र बोरको ५० थान गोलीसहित पक्राउ परेका पर्साको बगवाना–७ निवासी ५५ वर्षका क्षेत्री चौधरी र २१ वर्षका रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो । 

ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाइछिपाई नेपाल भित्र्याउन लागेको पूर्व सूचनाको आधारमा पर्साको मनवा र रंगपुर टाँडीको बीचमा जाँच गर्दा १२ बोरको ५० थान गोली बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक गिरीले पक्राउ परेका दुबै अभियुक्तमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताउनुभयो । 

पक्राउ परेका क्षेत्री चौधरी वन पैदवार चोरी निकारी, वन रक्षकमाथि आक्रमण जस्ता अपराधमा पहिले पनि मुद्दा खेपिसकेको उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप