‘मिस तामाङ’ भैसकेकी प्रेमिकालाई धोका दिने केटालाई प्रहरीका सईले पेस्तोल देखाउँदै लखेटेपछि...!
काठमाडौं– आफ्नो प्रेमीले धोका दिएको भन्दै जबर्जस्ती करणी प्रयास (एटेम्ट टु रेप) को मुद्धा लिएर शनिबार एक युवती महानगरीय प्रहरी परिसर टेकुमा पुगिन् । काठमाडौं प्रहरी प्रमुख (एसएसपी) बसन्त लामाले ‘मिस तामाङ’ समेत भैसकेकी युवतीलाई धोका दिने युवालाई पक्राउ गर्न इन्टिेलिजेन्स शाखा प्रमुख डिएसपी होविन्द्र बोगटीलाई आदेश दिए । तर, उनले जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिने झन्झट गरेनन् ।
अनि, डिएसपीको आदेश सिरोपर गर्दै आईतबार मध्यान्ह एक्लो कमाण्डमा सुन्धारा पुगेका प्रहरी नायव निरीक्षक (सई) लोकेन्द्र पण्डितले पेस्तोल देखाउँदै युवतीको प्रेमीलाई लखेटेका छन् । सादा पोशाकका प्रहरीहरु इन्चार्जको आदेशमा कसरी दुरुपयोग हुन्छन भन्ने उदाहरण हो आईबारको घटना ।
आधिकारिक रुपमा प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता नभएको र विशुद्ध प्रेमी–प्रेमिकाका झगडामा सई लोकेन्द्र पण्डितले गोलीनै चलाएको पत्यक्षदर्शीहरुले दाबी गरेका छन् । सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा कार्यरत एक सुरक्षागार्डले पेस्तोल हातमा बोकेर हिँडेका एक युवाले गोली चलाएको दाबी गरेका छन् ।
सिभिल ट्रेड सेन्टरमा मोवाईल पसल समेत चलाउँदै आएका किशन राई प्रहरीले पेस्तोल निकालेपछि भागेका थिए । पार्किङ तर्फबाट लखेट्दै जाँदा पण्डितले चाईनिज ‘टाइप ७७’ पेस्तोलबाट एक गोली फायर गरेको प्रहरी स्रोतको भनाई छ । तर, काठमाडौंका एसएसपी लामाले गोली चलेको कुरा अस्वीकार गर्दै भने, ‘गोली चलाएको हैन्, एउटा फटाहालाई समात्न खोज्दा प्रहरीको पेस्तोल खसेको हो ।’
पक्राउ गर्न खोजेको मान्छेको मुद्धा के रहेछ ? भन्ने रातोपाटीको जिज्ञासामा एसएसपी लामाले भने, ‘त्यो बद्मासले एउटा मान्छेलाई धेरैनै दुःख दिएको रहेछ ।’ करिब १२ बजेर ३० मिनेटमा सई पण्डितलाई सुन्धारामा प्रेमी पक्राउ गर्न पठाएका इन्जेलिजेन्स साखा प्रमुख डिएसपी र एसएसपी लामाको भनाई समेत बाझिएको छ ।
घट्ना लुकाउँदै डिएसपी होविन्द्र बोगटीले भने, ‘सामान्य आर्थिक लेनदेनको घट्नामा एकजना राई थरको मान्छे पक्राउ गर्न खोजेका थियौं, बैंकिङ कसुरको कुरा थियो तर अभियुक्त प्रहरीलाई छक्याएर भागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण