शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

आइतबार, १७ भदौ २०७५, १४ : ०५
आइतबार, १७ भदौ २०७५

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो । 

आरङ्ग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गर्न लागिएको आरङ्ग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए । 

कर्णाली प्रदेशको लोक नाटक र अभिनयलाई विशेष टेवा पुर्याउने र देशभर रङ्गमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सव महत्वपूर्ण हुने बरिष्ठ रङ्गकर्मी गौतमको भनाइ छ ।

सांस्कृतिक संस्थान नेपालको प्रस्ताव र सहयोगमा कर्णाली प्रदेशमा महोत्सव गर्न लागिएको हो ।

महोत्सवका लागि सांस्कृितक संस्थान, राष्ट्रिय नाचघरलगायतले आर्थिक सहयोगको प्रतिवद्धता गरेको जनाइएको छ । राष्ट्रिय नाटक महोत्सव गर्न करिब ५८ लाख खर्च हुने गौतमले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप