बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चौका दाउ’मा वर्षा सबैकी राधा पियारी

आइतबार, १७ भदौ २०७५, १३ : ५२
आइतबार, १७ भदौ २०७५

काठमाडौं – वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको चलचित्र  ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दे चलचित्रको ‘राधा पियारी...’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा संगीत तथा स्वर शम्भुजित बाँस्कोटाले दिएका छन् । उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द गीतमा छ । 

गीतमा विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउत लगायत देखिएका छन् । लोक फ्लेवरमा तयार पारिएको गीत कथासँग नजिक रहेको निर्देशक पुर्नेन्दु झाले बताए । 

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो चलचित्रलाई दिर्घ गुरुङले खिचेको हुन् । ‘चौका दाउ’ मा भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप