बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामी भगवान होइनौँ, त्रुटी अपराध हैन’ : अपराध संहिताबिरुद्ध सडकमा उत्रिए चिकित्सक (फोटो)

आइतबार, १७ भदौ २०७५, १३ : ३३
आइतबार, १७ भदौ २०७५

काठमाडौँ । त्रुटी अपराध हैन, डाक्टरलाई तर्साउन पाइँदैन

हामी उद्धारक हौँ, भगवान होइन

आइतबार नेपाल चिकित्सक संघले राजधानीमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को बिरुद्धमा गरेको प्रदर्शनमा लगाइएको नारा हो ।

मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले माइतिघरबाट नयाँबानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए । 

उनीहरुले आजै ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएका छन् । 

संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप