अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ मुहूर्त
आइतबार, १७ भदौ २०७५, १३ : ०३
काठमाडौं – अभिनेत्री झरना थापाको निर्देशन रहने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको छ । शनिबार पोखराको विन्दवासिनी मनिदरमा एक कार्यक्रमका बीच चलचित्रको मुहूर्त गरिएको हो ।
चलचित्रमा अनमोल र अभिनेत्री झरनाकी छोरी सुहानाको मुख्य भूमिका रहनेछ । सुहानाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर २’ निर्देशन गरेकी थिइन् । अनमोल र सुहानाले कार्यक्रममा मुहूर्त सट समेत दिएका थिए ।
सुनिल कुमार थापाको निर्माण रहने चलचित्र केही साता भित्र छायाँकनमा जाने तयारी भइरहेको झरनाले जानकारी दिइन् । चैत २९ गते रिलिजको लक्ष्य सहित निर्माण गर्न आटिएको चलचित्र रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण