बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ मुहूर्त

आइतबार, १७ भदौ २०७५, १३ : ०३
आइतबार, १७ भदौ २०७५

काठमाडौं – अभिनेत्री झरना थापाको निर्देशन रहने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको छ । शनिबार पोखराको विन्दवासिनी मनिदरमा एक कार्यक्रमका बीच चलचित्रको मुहूर्त गरिएको हो ।

चलचित्रमा अनमोल र अभिनेत्री झरनाकी छोरी सुहानाको मुख्य भूमिका रहनेछ । सुहानाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर २’ निर्देशन गरेकी थिइन् । अनमोल र सुहानाले कार्यक्रममा मुहूर्त सट समेत दिएका थिए । 

सुनिल कुमार थापाको निर्माण रहने चलचित्र केही साता भित्र छायाँकनमा जाने तयारी भइरहेको झरनाले जानकारी दिइन् । चैत २९ गते रिलिजको लक्ष्य सहित निर्माण गर्न आटिएको चलचित्र रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुन लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप