शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक गर्मीले जनजीवन कष्टकर

बुधबार, ०४ साउन २०७४, १३ : ५८
बुधबार, ०४ साउन २०७४


लहान-विगत केहि दिनयता बढ्ेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । 

बिहानैदेखि लाग्ने चर्कोका कारण सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । 

गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ । एक हप्ताअघिको अत्यधिक वर्षा र बाढीको कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउँछन् । 

गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढ्ेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिनुभयो । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढ्ेसँगै दैनिक ४०÷५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिनुभयो । अत्यधिक गर्मीका कारण जमिनमुनि बस्ने सर्प जमिनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्ेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप