शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा कमब्याक गर्दै शिल्पा

बुधबार, ०४ साउन २०७४, १३ : ४७
बुधबार, ०४ साउन २०७४

मुम्बई – अभिनेत्री शिल्पा शेट्टी अभिनयमा छिट्टै कमब्याक गर्ने भएकी छन् । केही बर्षदेखि अभियबाट टाढा रहँदै आएकी शिल्पा आफैले सो बताएकी हुन् ।
‘चाडै नै अभिनयमा कमब्याक गर्ने सोचमा छु’ शिल्पाले भनिन् ‘एक स्कृप अध्यायन गरिरहेकी छु । हेरौ यसको हिस्सा हुन्छु कि हुँदिन ।’


केही दिन अगाडि आइफ अवार्ड जितेकी अभिनेत्री आलिया भट्टलाई शिल्पा पछिल्लो समयकी उत्कृष्ट अभिनेत्री मान्दिछिन् । भनिन् ‘उनी जुन काम गर्छिन् ।

त्यसमा उत्कृष्ट दिने गर्दछिन् ।’ आलियाले जोखिमपुर्ण भुमिका निर्बाह गर्दै आफुलाई अगाडि लैजान चाहेको समेत उनले बताएकी छन् । 


आइफामा आलियाले चलचित्र ‘उड़ता पंजाब’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । (एजेन्सी)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप