बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ढुङ्गा बोकर श्रम दिन मनाए मुख्यमन्त्री र मन्त्रीले, १० तस्विरमा हेर्नुहोस्

शुक्रबार, १५ भदौ २०७५, १५ : ४१
शुक्रबार, १५ भदौ २०७५

सुर्खेत । कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रूपमा मनाउने घोषणा गरेअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा वाल विकास केन्द्रको निर्माण कार्य शुरू गरिएको छ । 
श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १ कोठे भवनको  शिल्यान्यास गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन् । 

मुख्यमन्त्री शाहीले वाढी पीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसँग महशुस गरेकाले स्थायी समाधानका लागि आवश्यक पहल अगाडि वढाइसकेको पनि स्थानीयलाई जानकारी  दिए । 

२०७० सालको वाढीले वाल विकास केन्द्रको भवन सहित टोलका सवै घर पुर्णारूपमा बगाएको थियो ।

 वालविकास केन्द्रको भवन निर्माणसँगै तटवन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप