शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय अधिकारकर्मीको गिरफतारीप्रति जनसांस्कृतिक महासंघको आपत्ति

शुक्रबार, १५ भदौ २०७५, १४ : ४१
शुक्रबार, १५ भदौ २०७५

काठमाडौं– अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतीय नरेन्द्र मोदी सरकारद्वारा लेखक तथा बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारीप्रति खेद व्यक्त गरेको छ ।

महासंघका महासचिव खेम थपलियाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्दप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

भारतीय प्रहरीले भारतका बहुचर्चित पाँचजना बुद्धिजीवीलाई अगस्त २८ गते हिरासतमा लिएको थियो ।

हरेक वर्ष हुँदै आएको महाराष्ट्रको भीमा कोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि दलित युवाहरूको हत्या र अल्पसङ्ख्यकका घर र पसलसमेत लुटिएका थिए  ।

यो घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी पाँचजना सामाजिक कार्यकर्ताहरूलाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै घरमै नजरबन्द गरिएको भन्दै महासंघले खेद व्यक्त गरेको हो ।

महासघंका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा केही समयअघि बङ्गलादेशमा भएको सरकारविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएबापत बङ्गलादेशी सरकारद्वारा बन्दी बनाइएका लेखक साइदूल आलमको पनि यथाशीघ्र रिहाइको माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप