शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार निरन्तर ओरालो : यी बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक सस्तो

शुक्रबार, १५ भदौ २०७५, १४ : ३५
शुक्रबार, १५ भदौ २०७५

काठमाडौँ । सेयर बजार घट्दो क्रमसँगै झण्डै आइपिओकै मूल्यमा दोस्रो बजारमा सेयर पाउन थालिएको छ । अधिकांश विकास बैंकको सेयर मूल्य निकै सस्तो देखिएको छ । यता केही वाणिज्य बैंकको पनि सेयर मूल्य झण्डै–झण्डै आइपिओकै हारहारीमा झरेको छ । धेरै जसो जलविद्युत कम्पनी र फाइनान्स कम्पनीको सेयर मूल्य पनि सस्तो देखिएको छ । 

रोचक कुरा के छ भने केही कम्पनीको त सेयर मूल्य आइपिओ भन्दा सस्तो छ । ७६ रुपैयाँसम्ममा पनि दोस्रो बजारमा सेयर किन्न पाइन्छ । निरन्तर सेयर ओरालो लागेपछि अहिले धेरैजसो लगानीकर्ताहरु घाटामा छन् । 

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि लगानीकर्ताहरुले बारम्बार अर्थमन्त्रीलाई गुहारेका छन् । लगानीकर्ताले बारम्बार सेयर बजारमा विषयमा गुनासा ल्याउन थालेपछि यता अर्थमन्त्री डा. युवराज खतिवडाले भने अझै ६ महिना पर्खन भनेका छन् । 

पछिल्लो समय सेयर बजार घट्ने क्रम जारी रहेको र लगानीकर्तामा उत्साह नदेखिँदा कस्ता कस्ता कम्पनीका सेयर मूल्य सबैभन्दा सस्तो भएको छ भनेर हामीले केलाउने प्रयास गरेका छौँ । 

२८ वटा वाणिज्य बैंकमा ६ वटा वाणिज्य बैंकको सेयर मूल्य सर्वाधिक सस्तो 

२८ वटा वाणिज्य बैंकहरुमा ६ वटा बाणिज्य बैंकको दोस्रो बजारमो सेयर मूल्य निकै कम रहेको छ । मेगा बैंकको सबैभन्दा कम मूल्यमा दोस्रो बजारमा सेयर किनबेच भएको छ । गत वर्ष आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको मेगा बैंकको प्रतिकित्ता सेयर ११० रुपैयाँ रहेको छ । यो मेगा बैंकको संस्थापक सेयरको मूल्य हो । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज भएको बैंकले सेयर मूल्यमा गिरावट छ । साधारण सेयरको मूल्य भने १६० रुपैयाँ रहेको छ । यता गत आर्थिक वर्षमा १३.५ प्रतिशतले नाफा गरेको सिभिल बैंकको साधारण सेयर प्रतिकित्ता १६७ रुपैयाँमा पाइन्छ ।

वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको आइपिओभन्दा सस्तो मूल्यमा सेयर 
१४ वटा फाइनान्स कम्पनीहरुको सेयर मूल्य कम छ । यसमा पनि सबैभन्दा सस्तो वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको सबैभन्दा सस्तो अर्थात ९८ रुपैयाँ प्रतिकित्तामै दोस्रो बजारको सेयर खरिद गर्न पाइन्छ । वेष्ठ फाइनान्सको १०० रुपैयाँ छ । 

१९ वटा विकास बैंकको सेयर मूल्य दुई सय रुपैयाँभन्दा कम 
सेयर बजार ओरालो लाग्नुको चपेटामा सबैभन्दा बढी विकास बैंकमा परेको छ ।  १९ वटा विकास बैंकको दोस्रो बजारको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कम छ । कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १०१ रुपैयाँ छ । यो सबैभन्दा सस्तो मूलय हो । जबकी आइपिओ नै प्रतिकित्ता १०० रुपैयाँमा पाइन्छ ।  यहाँ त दोस्रो बजारकै सेयर आइपिओको आएको छ । 

७६ रुपैयाँमा नेशनल हाइड्रोपावरको सेयर 
जलविद्युत कम्पनीको नियमन गर्ने निकाय छैन । १३ वटा जलविद्युत कम्पनीको सेयर मूल्य सस्तो देखिएको छ ।  नेशनलको गत आर्थिक वर्षमा खुद नाफा पनि घटेको छ । १४ लाख ६७ हजार रुपैयाँमात्र नाफा गरेको यस कमपनीको वित्तिय अवस्था पनि नाजुक छ ।  यता दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १०२ रुपैयाँ प्रतिकित्ता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप