शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘म मायालु नेचरकी छु’ – गायिका जुनु गौतम

शुक्रबार, १५ भदौ २०७५, १४ : ०१
शुक्रबार, १५ भदौ २०७५

‘गायनमा स्थापित हुन परिश्रम र लगनशील आवश्यक पर्छ’, गायिका जुनु गौतमको भनाइ हो यो । जुनु केही वर्षअघि मात्र नेपाली साङ्गीतिक क्षेत्रमा भित्रिएकी हुन् । तर पनि उनी गायनमा राम्रो उचाही बनाउन सफल छिन् । ‘जीवन काँडा हो कि फूल’ चलचित्रको ‘मैले क लेख्न जाने’ गीतमार्फत नेपाली गायनमा डेब्यु गरेकी उनी भारतको मणिपुरमा हुर्की बढेकी हुन् । उनको गायन यात्रा सुरु पनि त्यहीँबाट भएको थियो । बङ्गाली, हिन्दीपछि नेपाली गीत गाउन थालेकी पछिल्लो समय कलेक्सन एल्बम, चलचित्रका गीतमा व्यस्त छिन् । सङ्गीत सरस्वतीको बरदान मान्ने यी गायिका केही दिनमै दिल्ली र देशरादुङ सङ्गीतिक टुर गर्दैछिन् । यी नै गायिका जुनुसँग रातोपाटीको दस प्रश्न । 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
–केही कलेक्सन एल्बमको काम भइरहेको छ । भर्खर ‘शपथ’ चलचित्रको गीत सकाए । महोत्सव, सङ्गीतिक कार्यक्रमलगायतको मौसम पनि सुरु भएको छ । त्यसको तयारी गर्दैछु । ‘मीठो मीठो प्रित’ भन्ने मेरो नयाँ गीत रिलिज भएको छ । यसको प्रमोसनमा पनि छु । 

सौन्दर्यतिर कतिको इन्टे«स्ट छ ?
– छोरी मान्छे भएपछि सौन्दर्यमा इन्टे«स्ट त हुन्छ नै । तर धेरै नक्कल गरेर हिँड्न मनपर्दैन । हल्का क्रिम, मस्कराइज, गाजल र  लिपस्टिक अनुहारमा छुटाउँदिनँ । 

फेसनतिर रुचि त पक्कै होला ?
– रुचि छ । मलाई जेन्टल टाइपको फेसन मनपर्छ । मलाई राम्रो देखिने र सुहाउँने भनेकै सारी हो । 

गायिकाले मोडलिङ गर्ने चलन चलेको छ नि ?
–हो । मैले पनि एक दुई गीतमा गरेकी थिएँ । नाच्ने, तडक भडक गर्ने खालको गीतमा भन्दा पनि सिम्पल गीतमा मोडलिङ गर्न मलाई मनपर्छ । सन्देशमूलक र तिजको गीतमा पनि मोडलिङ गरेकी छु । मोडलिङ पनि मेरो रुचिको विषय हो ।

गायनको पैसा के गर्नु हुन्छ ?
–गायनबाट आएको पैसा जहिले पनि केही भाग भगवानलाई छुट्याउँछु । बाँकी रहेकाले आफ्नो आवश्यकतामा पूरा गर्छु । भगवानको नाममा छुट्याएको पैसा धेरै भएपछि समाज सेवामा लगाउँछु । 

सपना ?
राम्रो, चर्चित गायिका बनेर चिनिने सपना छ । सङ्घर्ष गरिरहेकी छु । पूरा होला ।

कस्तो स्वभावकी गायिका ?
म मिलनसार छु । मानिसलाई गहिरिएर बुझ्ने कोसिस गर्छु । छिट्टै रिसाउँछु । छिट्टै खुसी हुन्छ । मायालु नेचरको पनि छु । घमन्ड र घमन्ड गर्ने मानिस दुवै मन पर्दैन ।

मन पर्ने केटा ?
– बोली, व्यावहार र विचार राम्रो भएको मनपर्छ । 

मनपर्ने सवारी साधन ?
– गाडी नै हो । गाडी आफैले ड्राइभ गरेर घुम्न पनि रुचाउँछु ।

जीवन के हो ?
– जीवन सङ्घर्ष हो । बाँचुन्जेल सङ्घर्ष जारी रहन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप