शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘मेरी मामु’

शुक्रबार, १५ भदौ २०७५, १० : ३६
शुक्रबार, १५ भदौ २०७५

काठमाडौं – शुक्रबार नयाँ चलचित्र रिलिज परम्परा अन्तर्गत आज ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा  आएको हो । हरेक शुक्रबार दुई वा सोभन्दा बढी चलचित्र रिलिज हुँदै आएकोमा ‘मेरी मामु’ले भने एकल प्रदर्शनको अवसर पाएको हो ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको ‘मेरी मामु’ आमा र छोरा बीचको सम्बन्धको विषयमा निर्माण भएको चलचित्र हो । कलिलो उमेरमा बालकको मनोविज्ञानलाई विषय बनाएको यो चलचित्रले बालक र आमा बीच हुने दुरीको कारण बच्चाहरुमा देखिने समस्यालाई समेत खोतल्ने प्रयास गरेको छ । 

‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’ र ‘प्रेम गत–२’ जस्ता प्रेमकथामा सफल चलचित्र निर्माण गरेका सन्तोष सेनले ‘मेरी मामु’ बनाएका हुन् । ‘आमा र छोरा बीचको सम्बन्ध, उतार चढावको बारेमा धेरै चलचित्र बने । 

तर एउटी महिला किन आमा बन्न चाहन्छे । उसको चाहनाको सन्तान कस्तो र सन्तानका लागि उनले केसम्म त्याग गर्न सक्छे भन्ने चलचित्रले देखाउन खोजेको छ । 

निर्माता सेनले भने, ‘बालक जन्मदिने महिलामा मात्र किन आमा रुप देख्छ । अरु महिलालाई किन नकारात्मक सोच्छ भन्ने पनि चलचित्रको बिषय बस्तु हो ।’

उनले थपे, ‘हरेक बच्चा र आमाले यो चलचित्र हेर्नुपर्छ ।’

स्क्रिप्ट लेखनमा रामो समय खर्चिएको यो चलचित्रबाट ६ वर्षका बालक आयुव सेन हिरोको रुपमा देखिँदैछन् । ट्रेलर र गीत सार्वजनिक भएपछि रातारात चर्चामा छाउन सफल आयुवको अभिनयको समेत धेरैले तारिफ गरेका छन् । 

सन्तोष सेनको निर्माण यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा ‘प्रेम गीत–२’ अभिनेत्री नायिका अश्लेषा ठकुरी, नव नायक सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ र दुर्गा मल्लको समेत अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप